
२२ असोज २०७७, बिहिवार
अमेरिकामा हतियारसहित बैंकमा गएर बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ गरेका छन् । मोन्टगोमेरी काउन्टी पुलिस विभागले सम्राट लामा नामका नेपालीलाई वेल बैंक लुटेको अभियोगमा पक्राउ गरेको हो।
लोकलडिभीएमको रिपोर्टअनुसार यो बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लुटिएको थियो। अधिकारीहरुका अनुसार लामा बिहान बैंकभित्र गएर एक कर्मचारीलाई आफूले बचत खाता खोल्न चाहेको बताएका थिए । कुराकानीकै क्रममा लामाले आफूले पछाडि बोकिरहेको झोलाबाट एउटा चक्कु निकालेर ती कर्मचारीतिर सोझ्याएका थिए । त्यसपछि उनले काउन्टरका टेलर कर्मचारीलाई पैसा एउटा प्लाष्टिकको झोलामा राखिदिन भनेका थिए । त्यसपछि उनी पैसा लिएर भागेका थिए।
लामा बैंक लुटेर भाग्ने प्रयासमा अधिकारीहरुले भेटेर पक्राउ गरेका थिए । लामालाई सेन्ट्रल प्रोसेसिङ युनिटमा पठाइएको छ र हतियार देखाएर लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ।