२०असाेज २०७७,                                            एजेन्सी– अफगानिस्तानका ओपनर ब्याट्सम्यान नजिब तारकईको २९ वर्षको उमेरमा सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

नजिब गत साता अफगानिस्तानको पूर्वी नांगरहारमा सकड पार गर्नेक्रममा कारले ठक्कर दिदा गम्भीर घाईते हुन पुगेका थिए । गम्भीर घाइते भएका नजीबको आइसियुमा राखी उपचार भई रहेको थियो । जसक्रममा मंगलबार उनको मृत्यु भएको अफगानिस्तान क्रिकेट बोर्डले जानएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनले अफगानिस्तानबाट १ ओडिआई र १२ टि२० आई खेलेका छन् । उनले सन् २०१७ मा आयरल्यान्डबिरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । टि२० आईमा भने सन् २०१४ को टि२० विश्वकपमा उनले बेंगलादेशबिरुद्ध डेब्यु गरेका थिए । नजिबले पछिल्लो पटक टि२० खेल बंगलादेशबिरुद्ध गत वर्ष खेलेका थिए । उनले टि२० आईमा २ सय ५८ रन बनाएका छन् ।

नजिबले सन् २०१७ मा आयरल्यान्डबिरुद्ध टि२० आईमा ९० रनको उत्कृष्ट इनिङ खेल्दै करिअरको उच्च प्रर्दशन गरेका थिए । उनले २४ प्रथम श्रेणी, १७ लिष्ट ए र ३३ टि२० खेल खेलेका छन् । उनले प्रथम श्रेणीमा ६ शतक र १० अर्ध शतक सहित कुल २ हजार ३० रन बनाएका थिए । जसमा २ सय रन उनको उच्च प्रर्दशन थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर