१८ असाेज २०७७,                                           बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ‘उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं । उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’

पायलले सोमबार राज्यसभा सदस्य रामदार अठावलेसँग एक पत्रकार सम्मेलन गरेकी थिइन् । त्यहाँ उनले अनुराग कश्यपमाथि आरोप लगाएपछि आफूलाई ज्यानको खतरा भएको बताएकी थिइन् । आज पायल यही विषयमा कुरा गर्न महाराष्ट्रका गभर्नरलाई भेट्न गएकी थिइन् । अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी पायलले पुलिसले यस विषयमा कारवाही अगाडि नबढाएको भन्दै हिजो बर्सोवा पुलिस स्टेशन गएकी थिइन् । उनले पुलिसले कारवाही नगरे अनसन बस्ने चेतावनी पनि दिएकी थिइन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर