१७ असाेज २०७७,एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो । चेन्नईलाई जितको अन्तिम ओभरमा २८ रन चाहिएको थियो । स्पिनर अब्दुल सामदले २० रन खर्चिदै हैदराबादलाई रोमान्चक जित पक्का गराए ।
अन्तिम बलमा साम करनले छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त रहेन । चेन्नईका कप्तान महेन्द्रसिंह धोनी ३६ बलमा ४ चौका र १ छक्का सहित ४७ रनमा अविजित रहे । त्यस्तै साम करन ५ बलमा २ छक्का सहित १५ रनमा अविजित रहे ।
चेन्नईको सुरुवात खराब रह्यो । तेस्रो ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारले ओपनर शेन वाटसनलाई एक रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पहिलो बलमा टि नटराजनले अम्बाती रायुडूलाई ८ रनमा बोल्ड आउट गरे । अन्तिम बलमा फाफ डु प्लेसिस २२ रनमा रन आउट हुन
पाँचौ विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरेका थिए । नटराजनको १८ औं ओभरको चौथो बलमा अब्दुल सामदबाट ५० रनमा क्याच आउट भए । जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अब्दुल सामदले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ३.१ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।