१४ असोज २०७७, बुधवार

भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण भएको छ।

https://amzn.to/4myfPN5

उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गदै उनका कोरोना पोजेटिभ देखिएको जनाएको छ।  उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ। उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ।  जसमध्ये ५१ लाख ८४ हजार निको भएका र साढे ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर