
१३ असोज २०७७, मंगलवार
कुवेतका राजाको ९१ वर्षको उमेरमा निधन भएको छ। उमेरमा निधन भएको छ ।
अमीरी दीवानका उपमन्त्री शेख अली अल जाराह अल सबाहले आज कुवेत टिभीमा घोषणा गरेका छन ।शेख सबालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ। उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री थिए। त्यसपछि उनी प्रधानमन्त्री भए। सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए।