 
							१२ असोज २०७७, सोमवार
मलेसिया सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीका पक्षमा राम्रो निर्णय गरेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीको ज्यान गएमा उनका आश्रित परिवारले बाँचुञ्जेल तलब पाउने भएका छन् । मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई पनि समेटेपछि नेपाली श्रमिकका परिवारले पनि यस्तो सुविधा पाउने भएका छने । मलेसियाले त्यस्तो प्रस्ताव राखेर नेपाललाई पठाएको छ ।
मलेसियाको प्रस्ताव अनुसार नेपालले सबै तयारी पूरा गरेको र श्रम मन्त्रालय वा मन्त्री परिषद्बाट स्वीकृति पाउनासाथ समझदारीमा हस्ताक्षर हुने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताएका छन् । कोरोनाका कारण लागू गरिएको लकडाउन र अप्ठेरो परिस्थितीका कारण त्यो सम्बन्धि निर्णय लिने अधिकार मलेसिया स्थित नेपाली दुतावसलाई दिने तयारी समेत भएको छ । सामाजिक सुरक्षा कार्यक्रममा आप्रवासी श्रमिकलाई पनि समेट्ने मलेसियाको नीति अनुसार रोजगारदाताले कामदारको तलवको १।२५ प्रतिशत मासिक रुपमा कोषमा योगदान गर्नेछन्। तर श्रमिकको तलवबाट भने कटौती हुने छैन।
वैदेशिक रोजगारीका क्रममा कामकै अवधिमा निधन भएमा विदेशी श्रमिकका परिवार (आमा–बुबा, श्रीमान वा श्रीमती)ले श्रमिकले पाउने तलवको ९० प्रतिशत तलब बाँचुन्जेल पाउने छन्। छोराछोरीले भने २१ वर्ष मुनिकाले मात्रै मासिक तलव पाउने छन्।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com