११ असोज २०७७, आइतवार

एजेन्सी । लेबनानका प्रधानमन्त्रीले शनिबार राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते भएका थिए ।  अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।

“म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने । “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर