१० असोज २०७७, शनिवार

जापानले अक्टोबरदेखि सबै देशका लागि प्रतिबन्ध खुल्ला गर्नेभएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रवार बताए अनुसार अक्टोबर महिनाबाट विद्यार्थी समेतका सबैलाई प्रवेश गर्न दिइनेछ । तर पयर्टकहरुका लागि भने अक्टोबर पनि खुल्ला नहुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोरोना भाइरस नियन्त्रणका लागि गठित गरेको कार्यदलका माझ सुगाले भने-‘अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रीय यात्रा खुल्ला गर्नु अपरिहार्य छ,त्यसैले सरकारले यस्तो निर्णय गरेको हो ।’

जापानमा पछिल्ला केहि सातायता कोरोना भाईरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । यसका साथै विमानस्थलमा परीक्षण क्षमता पनि वृद्धि गरिएको छ । जापान सरकारको यो निर्णयले नयाँ भिसामा जापान आउन प्रतिक्षारत हज्जारौँ मानिसहरुलाई खुसी तुल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर