८ असोज २०७७, बिहिवार

बेलायती राजकुमार ह्यारीले बेलायती सेनामा कार्यरत गोर्खाहरुका साथै नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंसा गरेको  भिडियो सार्वजनिक भएको छ ।

नेपालमा कोरोना महामारीविरुद्धको लडाईंमा सघाउने उद्धेश्यले गोर्खा वेलफेयर ट्रस्ट र अक्सफामले आयोजना गर्न लागेको एक ‘च्यारिटी दौड’ लाई सफलताको शुभेच्छा व्यक्त गर्दै उनले भिडियो सन्देश जारी गरेका हुन् ।

‘गोर्खा, नेपाल र यस महामारीले प्रभावित सबै समुदायलाई सहयोग गर्न लागेकोमा मेरो तर्फबाट धन्यवाद’, च्यारिटी दौडका अभियन्ताहरुलाई ह्यारीले भनेका छन्, ‘सम्झनुहोस् कि तपाइँहरुले  सबैभन्दा बढी आवश्यक परेकाहरूलाई मद्दत गरिरहनुभएको छ ।’

भिडियो सन्देशमा राजकुमार ह्यारीले सन् २०१५ को महाभूकम्प लगत्तै आफू नेपाल भ्रमणमा गएको स्मरण गरेका छन् । उनले भनेका छन् ‘ जसरी महाभूकम्पपछिको विपत्तिलाई नेपालीहरुले अविचलित भएर सामना गरे, अहिले पनि त्यसैगरी उच्च मनोबलका साथ महामारीको सामना गरेको देख्दा मलाई खुशी लागेको छ ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर