६असाेज,भारतमा सोमबार एकैदिन ९० हजार कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन् । यसरी संक्रमणमुक्त भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजारजनाका दरले बिरामी संक्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाको संख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मंगलबार जानकारी दिएको छ । मन्त्रालयले कुल संक्रमितमध्ये करिब ८० प्रतिशत मानिस संक्रमणमुक्त भएको पनि जनाएको छ ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारिक पेजमा लेखिएको छ, ‘भारतमा संक्रमणमुक्त भएकाको दैनिक संख्या उच्च हुँदै गएको छ, यो संख्या र अनुपात विश्वमै सबैभन्दा धेरै हो ।’

भारतमा सोमबारसम्ममा कोरोना भाइरसबाट संक्रमितहरूको कुल संख्या ५४ लाख ८७ हजार पाँच सय ८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १० लाख तीन हजार दुई सय ९९ जना अझै पनि सक्रिय संक्रमणकै अवस्थामा छन् भने अरू ४३ लाख ९६ हजार तीन सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर