१७ भाद्र २०७७, बुधवार
विश्वभर एकै दिन २ लाख ५९ हजार लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ । संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् । विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ । युरोपियन मुलुकहरूमा २ लाख ८ हजार १७२ जनाको मृत्यु भएको छ ।
अमेरिकी मुलुकहरूमा २ लाख ७२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ९ हजार ५९९ पुगेको छ । यस्तै एसियाली मुलुकहरूमा १ लाख ४४ हजार ८८ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४ हजार ५७३ जनाको मृत्यु भएको छ । ६३ लाख ८७ हजार ९३७ जना संक्रमित भएकोमा ५० लाख १९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३० हजार १०४ जनाको ज्यान गएको छ भने १२ लाख ६४ हजार ४१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।एजेन्सीहरुवाट