१७ भाद्र २०७७, बुधवार

एजेन्सी

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ।

तर यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको भनाइ छ।

संगठनका युरोप निर्देशकले युरोपमा राष्ट्रियस्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताउँदै यस्तो बताएका हुन्।

‘जब हामीले महामारीविरूद्ध विजय हासिल गर्नेछौं, त्यो खोपबाट नै सम्भव हुनुपर्छ भने जरूरी छैन। यस्तो हामीले तब मात्र गर्नसक्नेछौ जब हामी महामारीसँग रहन सिक्छौ र यो हामी भोलिबाट नै गर्नसक्छौं’, संगठनको युरोपका क्षेत्रीय निर्देशक हैन्स क्लूगले स्काइ न्यूजसँग भने।

यसैगरी उनले आगामी महिनामा आउनसक्ने संक्रमणको दोश्रो लहरबाट बच्न ठूलो स्तरमा लकडाउन आवश्यक पर्छ? भन्ने प्रश्नको उत्तरमा आवश्यक नपर्ने पनि बताए।

‘पर्दैन। मलाई आशा छ यसको आवश्यक्ता पर्नेछैन तर स्थानीय स्तरमा लाग्नसक्ने लकडाउनलाई भने खारेज गर्न सकिन्न’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर