
कतारका अमीर महामहिम शेख तमीम बिन हमाद आल थानीको निर्देशनअनुसार, गृह मन्त्रालय अन्तर्गतको सिभिल डिफेन्स काउन्सिलले ईरानी मिसाइल रोकिँदा खसेको स्र्यापनेल (शेलका टुक्रा) का कारण निजी सम्पत्तिमा क्षति पुगेका कतारी नागरिक र बसोबास गर्ने विदेशी बासिन्दालाई क्षतिपूर्ति प्रदान गरिने घोषणा गरेको छ।
यस अन्तर्गत घर, सवारीसाधन, औद्योगिक संरचना तथा व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिलाई समेटिएको छ। यस्ता क्षति पहिले नै सम्बन्धित सुरक्षा निकायमा आधिकारिक रूपमा दर्ता गरिएको हुनुपर्छ।
सिभिल डिफेन्स काउन्सिलले सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरी कानुन र नियमअनुसार क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउनेछ।
जसले हालसम्म आफ्नो क्षति रिपोर्ट गरिसकेका छैनन्, तिनीहरूले आज सोमवार १४ जुलाई भित्र “Metrash” मोबाइल एपमार्फत क्षतिपूर्ति माग गर्न सक्नेछन्।