अमेरिका र युक्रेन बीचको महत्त्वपूर्ण खनिज सम्झौतामा तनावका कारण असफलता आयो। युक्रेनका खनिज स्रोतहरू अमेरिकाले उपयोग गर्ने उद्देश्यले भएको सम्झौतामा वार्ता भए तापनि, विवाद र चर्काचर्कीका कारण यो सम्झौता टरेको हो।

यसअघि अमेरिका र युक्रेनले खनिजसँग सम्बन्धित सम्झौतामा सहमति गरेका थिए र सम्झौतामा हस्ताक्षरको तयारी समेत गरिएको थियो। तर, बैठकको क्रममा उत्पन्न भएको तनावले सम्झौतामा कुनै प्रगति हुन दिएन।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बैठकको बीचमै ह्वाइट हाउस छोडेर फर्किए, जसका कारण सम्झौतामा अघि बढ्न सकिएन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भमा जेलेन्स्कीको प्रशंसा गर्दै यो सम्झौतामा प्रगति आउने आशा व्यक्त गरेका थिए, तर बैठकको क्रममा स्थिति परिवर्तन भयो।

रोयटर्सका अनुसार, ट्रम्पले सम्झौता अघि बढाउन इच्छुक नभएको र दुई राष्ट्रपतिहरू बीचको बैठक सम्पूर्ण रूपमा असफल भएको पुष्टि भएको छ। बैठकमा बढेको चर्काचर्कीपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्धको सुरुआत गर्ने’ आरोपसमेत लगाए।”

भिडियो –

प्रतिक्रिया

सम्बन्धित खवर