महाराजगंज मेडिकल क्याम्पस अन्तर्गत एम.बि.बि.स प्रथम वर्षका अध्ययनरत विद्यार्थीद्वारा ‘सामुदायिक स्वास्थ्य निरुपण’ कार्यक्रम अन्तर्गत नुवाकोट जिल्ला बेलकोटगढ़ी नगरपालिका वडा नं – १० को निरन्जना आधारभूत स्वास्थ्य चौकीमा ‘सामाजिक नक्सा’ निर्माण कार्य सम्पन्न गरेका छन्।

प्रमाङ्गी मल्ल, अन्जन खड्का, सन्ध्या झा, सुधिर कुमार झा, निर्जल भण्डारी, प्रकाश बोहोरा, सुजन महासेठ, कुशल कार्की, कृतज्ञराज पाण्डे लगायतका नौ जना एम.बि.बि.स विद्यार्थीको पहल र वडा एवं स्थानीयका सहयोगमा उपलब्ध स्रोतहरुको प्रयोग गरि उक्त नक्शा निर्माण छन्। नक्सामा सार्वजनिक स्थलहरुमध्ये विद्यालय, मन्दिर, स्वास्थ्य चौकी, वडा कार्यालय, मुख्य सडक (पासाङ ल्हामु राजमार्ग, धमले – बाघखोर सडक), गाउँबस्ती, जङ्गल समेटेर तयार पारिएको उक्त नक्साको अवलोकन गर्दै यस वडाका वडाध्यक्ष श्री प्रलाद प्रसाद थपलिया ज्युले विद्यार्थीहरुको उक्त कार्यको प्रशंसा संगै धन्यवाद व्यक्त गर्नुभयो।

क्याम्पस परियोजना कार्यक्रम अन्तर्गत सो कार्यक्रम अन्डरग्राड्स एसोसियसनका कार्यसमिति पदाधिकारीको संयुक्त प्रयासमा सम्पन्न भएको छ।  वडामा तीजको दर कार्यक्रम जुराएर उक्त नक्साको अवलोकन वडाका सम्पूर्ण महिलाहरु साथ ज्येष्ठ नागरिक र वडाका सदस्य हरुले गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर