एजेन्सी ।

१२ भाद्र २०७७, शुक्रवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

फ्रान्सेली मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ ।फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् ।

कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् । २७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए । तर, कोरोना देखिएपछि विश्वकप विजेता पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाईएको छ ।

कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् ।उनले युनाइटेडको प्रि(सिजन तयारी पनि गुमाउने भएका छन् । कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ । यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर