९ भाद्र २०७७, मंगलवार

भिडियो एप टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। राष्ट्रिय सुरक्षा भन्दै अमेरिकाले टिकटकलाई प्रतिवन्ध गर्ने प्रकृया अगाडि बढाएसँगै चिनियाँ लगानीमा संचालित एपले मुद्दा अगाडि बढाएको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको दावी गर्दै अमेरिकाको आसन्न निर्वाचनमा चीनविरोधी क्याम्पेनिङका रुपमा प्रतिबन्ध लगाउन खोजिएको दावी छ।

कम्पनीको दावी छ – सरकारले विना कुनै प्रमाण निषेधको तयारी गरिरहेको छ। क्यालिफोर्नियाको फेडरल कोर्टमा सोमवार कम्पनीले मुद्दा दायर गरेको हो। अमेरिकाको बाणिज्य विभाग, राष्ट्रपति ट्रमप र वाणिसज्य सचिव विवर रसविरुद्ध मुद्दा दायर भएको हो।

ट्रम्पले टिकटकलाई लिएर दुईवटा आदेश जारी गरेका थिए। अगस्ट ६ मा बाइट डान्सको कारोबारमा निषेध र सेप्टेम्बर २० मा बाइट डान्स अमेरिकी कम्पनीलाई बिक्री गरेर ९० दिनभित्र टिकटकका एसेट्सहरु हस्तान्तरण गर्न भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर