
२५ श्रावन २०७८, सोमवार
मलेसियामा आज १७ हजार २सय ३६ जना नयाँ कोरोना सक्रमित थपिएका छन । योसँगै संक्रमण हुनेको संख्या १२लाख ७९ हजार ७सय ७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय १२ जनाको मृत्यु भएको छ भने हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ६१ जना पुगेको छ
पछिल्लो २४ घण्टामा १५ हजार १ सय ८७जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या १० लाख ४१ हजार ५ सय ८५ जना पुगेको छ ।
मलेसिया सरकारको जानकारी अनुसार १ हजार ९५ जना लाई आइसुलेसन र ५सय ७९ जनालाई भेन्टिलेटरमा उपचार भैरहेको छ ।
आज सवैभन्दा धेरै सेलाङगरमा ५ हजार ७ सय ४० जना सक्रमित थपिएका छन । यसैगरी क्वालालम्पुरमा १५सय६७, केडाहामा १३ सय २८,जोहोरमा १२सय३२, सावाहाँमा १२सय ४७,८,नेगरी सेम्विलानमा १२सय १५, पेनाङमा ९सय८ पेराकमा ९सय३५,केलेनतानमा ९सय१४,सारवाकमा ५सय ८९,मलक्कामा ६२२ त्रेयुङुगानुमा ५सय १,पाहाङमा ६सय४,पुत्राजयामा ६६ ,लावुनमा ८ र पर्लिसमा २२ जनामा सक्रमण देखिएको छ ।