२५ श्रावन २०७८, सोमवार

चर्चित भारतीय कलाकार ६३ वर्षीय अनुपम श्याम ओझाको आइतबार राती निधन भएको छ ।
मिर्गौलामा समस्या देखिएपछि मुम्बईको लाइफ लाइन अस्पतालमा भर्ना भएका कलाकार ओझा दुई दिनदेखि भेन्टिलेटरमा थिए ।
टिभी सिरियल ‘मन के आवाज’को दोस्रो सिजन सुरु भएसँगै उनी काममा फर्किएका थिए । अनुपम श्याम चर्चित हिन्दी सिरियल ‘मन के आवाज, प्रतिज्ञा’को एक मुख्य पात्र ‘ठाकुर सज्जन सिंह’को भूमिकामा दर्शकमाझ परिचित छन् ।
उनले लज्जा, नायक, दुबई रिटर्न, परजानिया, हजारोन ख्वाहिसें ऐसी, शक्ति द पावरलगायत थुप्रै फिल्ममा काम गरेका छन् । अनुपमले हिन्दीमात्र नभएर भारतमा छायाङ्कन गरिएका थुप्रै अन्तर्राष्ट्रिय फिल्महरुमा पनि अभिनय गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार