
२१ श्रावन २०७८, बिहिवार
बंगलादेशमा एउटा बिहे समारोहमा चट्याङ पर्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
बंगलादेशको चपैनवाबगंज जिल्लाको शिवगंजमा भएको हो ।
नदीमा तैरिरहेका डुंगामा एक व्यक्तिको बिहे समारोह चलिरहेको थियो ।
अचानक मौसम खराब भएर पानी पर्न थालेपछि नदी किनारतर्फ जाने क्रममा अचानक भीडमा चट्याङ परेको हो ।
समाचार एजेन्सी रोटर्सका अनुसार दुर्घटनामा बेहुला पनि घाइते भएका छन् ।
बंगलादेशमा चट्याङका कारण हरेक वर्ष सयौं मानिस मारिन्छन् ।
गएको मे महिनामा मात्रै बंगलादेशका फरक फरक ठाउँमा चट्याङका कारण एकै दिन ८२ जनाको मृत्यु भएको थियो ।