२० श्रावन २०७८, बुधवार

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत खेलका दौरान हृदयघात भएपछि उपचार र त्यसपछि विश्राम लिँदै मैदानबाहिर थिए । उनी उक्त घटनापछि पहिलो पटक आफ्नो क्लब इन्टर मिलान फर्किएका छन् ।

बुधबार क्लब पुगेका उनले आवश्यक स्वास्थ्य परिक्षण गराएका थिए । क्लबका अनुसार उनी शारीरिक र मानसिक रुपमा फिट छन् । तर उनले मैदान फर्कन भने अझै केहि समय लाग्नेछ । हृदयघातपछि उनको मुटुमा आइसीडी उपकरण जोडिएको छ । यो प्रयोग गरिरहँदा इटालियन क्लबबाट उनले खेल्ने सम्भावना छैन ।

२९ वर्षीय मिडफिल्डरले उक्त घटनापछि एक साता अस्पतालमा बिताएका थिए । त्यसपछि उनी परिवारसँग डेनमार्क नै रहँदै आएका थिए । बुधबार इन्टरमा परिक्षण गरेपछि उनले पुनरागमनका लागि थप समय लिने भएका छन् । उनले अब कोपेनहेगन फर्केर नै योजना अनुसार नै पुनरागमन गर्न आवश्यक प्रक्रियामा सहभागी हुनेछन् । इन्टरका डाक्टर निरन्तर उनको अवस्थाबारे जानकारीमा रहनेछन् ।

एरिक्सनले इन्टरको प्रशिक्षण अवलोकन गर्दै खेलाडीसँग तस्बिर पनि खिचेका थिए । इन्टरले गत सिजन इटालियन सिरी ए को उपाधि जित्दा उनको प्रदर्शन महत्त्वपूर्ण रहेको थियो । उनले लिगमा २६ खेल खेलेका थिए ।हाम्रो खेलकुदवाट

प्रतिक्रिया

सम्बन्धित खवर