८ भाद्र २०७७, सोमवार

एजेन्सी

पेरूमा कोरोना  प्रतिबन्ध उल्लंघन गर्दै आयोजित पार्टीमा प्रहरीले छापा मार्दा भएको भागदौडमा एक दर्जन बढी व्यक्तिको ज्यान गएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार पेरुको लिमा नाइटक्लबमा प्रहरीले छापा मार्दा यो हताहती भएको हो।

पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ।

भागदौड हुँदा तीन प्रहरी अधिकृतसहित छ जना घाइते भएका छन्। जसमा करिब एक सय २० जना शनिबार राति लिमाको लस ओलिभोस जिल्लाको थोमा रेस्टोबार क्लबबाट भाग्न खोजेका थिए। स्थानीयले जानकारी दिएपछि प्रहरी आएर पार्टी बन्द गरेको थियो।

क्लब मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा मृत्यु भएका १३ मध्ये १२ जना महिना र एक पुरुष रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन्।

क्लब छापा मार्न गएका ६० प्रहरीमा पनि कोरोना संक्रमण देखिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ।

पेरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख ९४ हजार तीन सय २६ जना संक्रमित भएका छन् भने संक्रमणबाट २७ हजार छ सय ६६ को ज्यान गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर