१७ श्रावन २०७८, आइतवार
अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।
गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ । एजेन्सि