
१३ श्रावन २०७८, बुधवार
भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेल र वस ठोक्किदा १८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
लखनउ–अयोध्या रोडमा मंगलबार राति सडक किनारमा रोकिराखेको दुई तले बसलाई राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले सडक किनारमा रोकेका थिए ।
धेरैजसोको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको त्यहाँका प्रहरीहरुले जनाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन