११ श्रावन २०७८, सोमवार

भारतको हिमाञ्चल प्रदेशमा पहाडबाट भयंकर ढुंगाहरू खसेर एक पुल नै भाँच्चिएको छ भने गाडी किचिएर ९ जनाको ज्यान गएको छ ।गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमाञ्चल प्रदेशमा पर्ने किन्नाैर भन्ने ठाउँमा ९ जनाको मृत्यु भएको हाे ।

https://amzn.to/4myfPN5

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार भएको उक्त दुर्घटनामा परी मुत्यु हुनेमा पर्यटकहरु रहेका छन् । उनीहरू दिल्लीका बासिन्दा रहेको र आन्तरिक भ्रमणमा गएको बेला सो दुर्घटना भएको बताइएको छ । तीन जना घाइते भएको समाचारहरूमा उल्लेख छ ।

ढुंगा के कारणले खस्यो भन्ने स्पष्ट भइसकेको छैन, तर आवश्यक अनुसन्धान भइरहेको छ । भारी वर्षा भइरहकेकाले खसेको हुनसक्ने जनाइएको छ । तर उक्त ढुंगाहरू पनि घाम लागेकै बेला सुख्खा रूपमा खसेकाे भिडियाेमा देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर