११ श्रावन २०७८, सोमवार

अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू-भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो।

https://amzn.to/4myfPN5

तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू-भाग नियन्त्रणमा लिइसकेको छ। सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ।

अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानसँगको युद्ध चर्किएको छ।

अफगान सरकारले राजधानी काबुल, पंजशीर र नन्गरहारबाहेक सबै प्रान्तमा निकै कडाइका साथ लागू हुने गरी कर्फ्यु घोषणा गरेको बिबिसीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर