
१० श्रावन २०७८, आइतवार
तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ ।
हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएकाे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।
३४ प्रान्तमध्ये ३१ प्रान्तमा राति १० बजेदेखि बिहान ४ बजेसम्म निषेधाज्ञा लागू भएको हो । तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्लामा कब्जा गरेको छ ।
अमेरिकी सेना फिर्ता तयारीसँगै तालिबान समूहले देशभर हिंसाका घटना बढाएको छ ।