७ श्रावन २०७८, बिहिवार

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा ५१० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै भारतमा कोभिड–१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ुकालो ढुसीु बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ।

भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्।

यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ।

सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।

चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।

प्रतिक्रिया

सम्बन्धित खवर