६ श्रावन २०७८, बुधवार

भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।

हालकै आएको आँधीले क्षति गरेको हेनान प्रान्तको बाँधलाई अहिलेको भीषण वर्षा र बाढीले भत्काउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर