५ श्रावन २०७८, मंगलवार

कोरोना भाइरसको कहर संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट भेटिएका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

कोरोना भाइरसबाट हालसम्म ४० लाख ९६ हजार २७२ जनाले ज्यान गुमाइसकेका छन् ।

मर्नेहरूमा सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ६ लाख ९ हजार २३१ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म ५ लाख ४२ हजार ७५६ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत तेस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ४ लाख १४ हजार ४८२ जना संक्रमितको ज्यान गइसकेको छ ।

यसैगरी मेक्सिकोमा २ लाख ३६ हजार ४६९, पेरुमा १ लाख ९५ हजार २४३, रुसमा १ लाख ४४ हजार ६८६, बेलायतमा १ लाख २९ हजार ७ र इटालीमा १ लाख २७ हजार ८७४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर