४ श्रावन २०७८, सोमवार

पश्चिमी केन्यामा एउटा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर अर्को सवारी साधनसँग ठोक्किएर विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ ।

राजमार्गमा गुडिरहेको सो ट्यांकर विपरित दिशाबाट आएको अर्को सवारी साधनसँग ठोक्किदा दुर्घटनाग्रस्त भएको हो ।

पेट्रोल अति प्रजोलनशील पदार्थ भएकाले दुर्घटनापछि ठूलो विष्फोट सहित आगलागी भएको थियो । घटनामा परी घाइते भएका २४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा बालबालिका समेत रहेको समाचार छ । विष्फोटपछि धेरै जलेकाले घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर