६ भाद्र २०७७, शनिवार

विश्वभर २ करोड ३० लाख भन्दा वढिमा कोरोनाको सक्रमण देखिएको छ । वल्डओ मिटरका अनुसार करिव २ सय बढी देशमा फैलिएको कोरोनाले २ करोड ३० लाख ९८ हजार बढीलाइ सक्रमित वनाएको छ ।
कोरोनाको कारण करीब ८ लाखले ज्यान गुमाएका छन् भने १ करोड ५६ लाख ९० हजारले कोरोनालाई जितेका छन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाको सबै भन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाबाट १ लाख ७९ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिकापछि ब्राजिलमा कोराना सक्रमितहरु धेरै छन । ब्राजिलमा हालसम्म ३५ लाख ३६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख १३ हजारको मृत्यु भैसकेका छ ।
भारत पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ । गत २४ घण्टामा मात्र करिव ७० हजार बढी कोरोनाका संक्रमित थपिएका छन् । योसँगै २९ लाख ७३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोनाका कारण भारतमा ५६ हजार बढीले ज्यान गुमाईसकेको छन भने २२ लाख २० हजार बढी उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर