१ श्रावन २०७८, शुक्रवार

कतारस्थित नेपाली दूतावासले इस्लामहरूको महान पर्व ईद–अल–अदाको छुट्टीको समयमा कतार सरकारले निषेधित गरेको पेय पदार्थको बेचविखन अनावश्यक जमघट नगर्न आग्रह गरेको छ ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतारमा कार्यरत नेपाली समुदायलाई इद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको जानकारी गराउदै धर्म, संस्कृति, परम्परा र मान्यता विपरित कुनै पनि कार्य नगर्न सचेत गराएको छ ।

यसैगरी, इदको अवसरमा तीन दिन जुलाई २०देखि२२ तारिख सम्म वन्द हुने जनाएको छ ।  बिदाको समयमा पनि राहदानी प्राप्त गर्न सहज होस् भनेर विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म राहदानी वितरणको व्यवस्था गरिएको जनाएको छ ।

विदाको समयमा कुनै अत्यावश्यक काम परेमा ३३५६०११७ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर