१ श्रावन २०७८, शुक्रवार

इटालियन सिरी ‘ए’ फुटबलमा हरियो जर्सी लगाउन नपाईने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सिरी ‘ए’ ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ ।

आगामी सिजन भने हरियो जर्सी लगाउन पाईने बताईएको छ ।

सिरी ‘ए’ को नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ । सासोउलोले हरियो र कालो रङ्ग प्रयोग गर्दै आइरहेको छ ।

सिरी ‘ए’ फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताईएको छ ।

मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर