३१ आषाढ २०७८, बिहिवार

बलिउड अभिनेता आमिर खानले किरण रावसँगको डिभोर्स भएको एक महिना पनि पुगेको छैन तर उनीहरु सगै एकै ठाउँमा नाचगान र रमाईलो गरेका छन ,

फिल्म लाल सिंह चड्ढाको शूटिङका लागि आमिर लद्दाख पुगेका छन् र किरण पनि उनीसँगै छिन् ।

आमिरले लद्दाखको परम्परागत वस्त्र कोस र सुल्मा लगाएर नाचेको भिडियो सार्वजनिक भएको छ । किरण पनि सँगै नाचेकी छन् । लाल सिंह चड्ढामा आमिर खानसँग नागा चैतन्य र करीना कपूर पनि देखिनेछन् ।
फिल्मको कथा हलिउड सुपरहिट फिल्म फरेस्ट गम्पमा आधारित छ । त्यसमा टम ह्यांक्स प्रमुख भूमिका थिए ।

अद्वैत चन्दनले लाल सिंह चड्ढा फिल्मको निर्देशन गरेका हुन् । यसै वर्षको क्रिसमसमा फिल्म रिलीज हुने अपेक्षा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर