३१ आषाढ २०७८, बिहिवार

कोरोना भाइरसबाट हालसम्म ४० लाख ५६ हजार ९०१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसै गरी हालसम्म १८ करोड ८२ लाख ७८ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म ६ लाख ८ हजार १०४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा धेरै मृत्यु ब्राजिलमा भएको छ । ब्राजिलमा ५ लाख ३७ हजार ३९४ जनाले ज्यान गुमाइसकेका छन् ।
भारत  हालसम्म ४ लाख ११ हजार ४०८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

मेक्सिकोमा  २ लाख ३५ हजार २७७ जना संक्रमितको ज्यान गएको छ ।

यसै गरी पेरुमा १ लाख ९४ हजार ६०६, रसियामा १ लाख ४२ हजार ८७७, बेलायतमा १ लाख २८ हजार ७९७, इटालीमा १ लाख २७ हजार ८३१ र कोलम्बियामा १ लाख १४ हजार ३३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर