३० आषाढ २०७८, बुधवार

लियोनल मेस्सी बार्सिलोनामै रहने भएका छन्। स्पेनिस अखबार मार्काका अनुसार मेस्सीले बार्सिलोनामा रहन नयाँ सम्झौता गर्न लागेको उल्लेख गरेको छ।

https://amzn.to/4myfPN5

यसै सिजनको अन्त्यपछि बार्सिलोना र मेस्सीबीचको अनुबन्ध सकिएको थियो।

३४ वर्षीय मेस्सी १३ वर्षको उमेरदेखि बार्सिलोनामा छन्। गत वर्ष नै बार्सिलोना छाड्ने मनस्थितीमा देखिएका मेस्सी क्लबले बाटो नखोलिदिएपछि स्पेनिस क्लबमै रहेका थिए। उनलाई म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मन-पीएसजीलगायत क्लब आबद्ध गर्न तयार रहेको समाचार बाहिर आएका थिए।

समाचारहरुमा जनाईएअनुसार मेस्सी ५० प्रतिशत तलब कटौती गरेर बार्सामा रहन सहमतीमा पुगेका छन्।  औपचारिक सहमती निकट भविस्यमै हुने जनाइएको छ। मेस्सीले यसै साता अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका थिए, कोपा अमेरिकाका रुपमा।

प्रतिक्रिया

सम्बन्धित खवर