
२८ आषाढ २०७८, सोमवार
क्युबाको कम्युनिस्ट सरकारविरुद्द् राजधानी हवाना र अन्य शहरमा हजारौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन्।
३० वर्षमा पहिलोपटक कम्युनिस्ट सरकारविरुद्ध यति धेरै व्यक्तिले प्रदर्शन गरेको बताइएको छ।
प्रदर्शनकारीले स्वतन्त्रता, लोकतन्त्र र कोरोना भ्याक्सिनको माग राख्दै प्रदर्शन गरेको बीबीसीले जनाएको छ।
यतिबेला हवानामा सुरक्षा बलहरु तैनाथ गरिएको छ। त्यहाँबाट झडप र गिरफ्तारीको खबरहरु आएका छन्।
सैन् एन्टोनियो डे लास बानोस शहरका नागरिकले विजुली, खानेपानीको विषयमा पनि असन्तुष्टी जनाएको एएफपीले जनाएको छ।
तर क्युबाका राष्ट्रपती मिगेल डियाज–केनलले सरकारविरद्ध प्रदर्शन हुनुलाई अमेरिकाको योजना ठान्छन्।