
२८ आषाढ २०७८, सोमवार
विश्व स्वास्थ संगठनले कोराना भाईरस विरुद्धको खोपलाई मान्यता दिईरहेको अवस्थामा केहि देशहरुले भने फरक फरक खोपलाई मान्यता दिन थालेपछि रोजगारीमा जान थालेका नेपालीहरुमा अन्योलमा थपिएको छ ।
खोपलाई प्राथमिकतामा राखेका कतार, साउदी अरब, बहराइन र ओमानले नेपाल देखि खोप लगाएर गएकाहरुलाई क्वारेन्टिनमा राखेर काममा लगाउन थालेको छ ।
तर नेपालमा कोरोना संक्रमण बढेपछि यूएई, मलेसिया, कुवेतले भने नेपालबाट कामदार लैजान तत्कालका लागि रोकेका छन ।मलेसियामा पनि कोरोना सक्रमण वढिरहेको र नेपालमा खोपमा ढिलाई भैरहेकोले तत्कालका लागि नेपाली कामदार लैजाने अवस्थामा मलेसिया नरहेको श्रम मामलामा काम गरिरहेकाहरु वताउछन ।
उनीहरु भन्छन- मलेसियामा विदेशि श्रमिकहरु निकै धेरै छन उनीहरुले आफना देशका नागरीकहरुलाई खोप दिईरहेकाछन त्यसका अलावा विदेशि श्रमिकहरुलाई पनि खोप दिईरहेको छ त्यो नसकिदा सम्म नेपालीहरुलाई तत्काल लैजाला जस्तो लाग्दैन ।
यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ । यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ ।
फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अक्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएको कुवेतले अनुमति दिएको खोपको दुवै डोज लगाएका विदेशीलाई आगामी अगस्ट पहिलो हप्ता देखि प्रवेश दिने वताउदै आएको छ ।
ओमान र बहराइनले भने कुनै पनि नयाँ भिसा जारी गरेका छैनन् ।
कतारले हाल रेड जोनको सूचीमा राखेका नेपाल, भारत, पाकिस्तान, बंगलादेशबाट भ्याक्सिन लगाएका अभिभावकसँग जाँदा १२ वर्षदेखि १७ वर्षसम्मका भ्याक्सिन लगाएकाहरुले कतार प्रवेश पाउने छन् । कोभिडविरुद्धको भ्याक्सिन नलगाएका भए उनीहरु १० दिन होम क्वारेन्टिन बस्नु पर्नेछ ।