२७ आषाढ २०७८, आइतवार

युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ ।  फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।​

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो।​ इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्।

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ।​ इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।​

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा इटाली हाबी हुँदै आईरहेको छ।​ इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ। इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ। दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर