
२६ आषाढ २०७८, शनिवार
एजेन्सी। बलिउड सुपरस्टार सलमान खानमाथि जालसाजीको आरोप लागेको छ।
सलमान, उनकी बहिनी अलवीरा खान, कम्पनी विइङ ह्युमनलगायत अन्य ६ सहयोगीमाथि जालसाजीको आरोप लागेको हो। भारतीय व्यापारी अरुण गुप्ताले ‘विइङ ह्युमन ज्वेलरी’ खोल्न लगाएर सहमति गरेअनुसार कुनै सहयोग नगरेको आरोप सलमान र उनका सहयोगीमाथि लगाएका हुन्।
आ आरोप लागेपछि सलमानले आरोप लगाएकासँग आफ्नो कुनै लेनदेन नभएको र कसैसँग बेइमानी नगरेको बताए।