२५ आषाढ २०७८, शुक्रवार

आउदो जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै खेलीने भएको छ ।

कोरोना कहरको विच हुन लागेको खेल दर्शकहरुले स्टेडियमा वसेर हेर्न नपाउने भएका हन ।

आज जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिटानबीच बैठकले दर्शक विनै खेल खेलाउने निर्णय गरेको हो ।

टोकियोमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण ओलम्पिकमा दर्शकलाई प्रवेशको अनुमति नदिईने भएको हो ।

टोकियो २०२० का अध्यक्ष सेइको हासिमोटोले दर्शकलाई प्रवेश अनुमति दिन नपाउँदा दुःख लागेको बताए ।

उनले ओलम्पिकका लागि टिकट लिइसकेकाहरुसँग माफी समेत मागेका छन् ।
३१औं गृष्मकालीन ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ ।  प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर