२४ असार २०७८, बिहिवार

कोरोना भाइरसको सन्त्रास विश्वका विभिन्न देशमा फैलिएको छ । भाइरसका विभिन्न भेरियन्ट देखिरहेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना संक्रमणबाट मर्नेहरूको सख्ंया ४० लाख ७६७ पुगेको छ । यसै गरी भाइरसबाट १८ करोड ५० लाख २४ हजार ४१८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार २१७ जनाले ज्यान गुमाएका छन् ।  ब्राजिलमा हालसम्म ५ लाख २८ हजार ५४० जना संक्रमितले ज्यान गुमाएका छन् ।

यसै गरी  भारतमा ४ लाख ४ हजार २११ संक्रमितले ज्यान गुमाएका छन् । मेक्सिकोमा २ लाख ३४ हजार १९२, पेरुमा १ लाख ९३ हजार ५८८, रुसमा १ लाख ३७ हजार ७१८, बेलायतमा १ लाख २८ हजार ५६५, इटालीमा १ लाख २७ हजार ७१८ र फ्रान्समा १ लाख ११ हजार ४४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर