
२३ आषाढ २०७८, बुधवार
बलिउडका अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।
मुम्बईको खार हिन्दुजा अस्पतालमा उनको उपचार भैरहेकोमा अस्पतालमै उनको निधन भएको हो । उनलाई स्वास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
दिलिपको भारतिय सिनेमाका अलावा विभिन्न टेलिसिरियल र धाराहरुमा समेत अभिनय गरेका छन ।फिल्म मुगल,सौदागर,राजकुमार,कर्मा जस्ता हिन्दि चलचित्र निकै सफल चलचित्र निकै चर्चित चलचित्रमा मानिन्छन । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उहाँ पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय रहेका थिए।