२२ आषाढ २०७८, मंगलवार

भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर क्रमशः घट्दो  छ । पछिल्लो २४ घण्टामा ५५२ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ३४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या ३ करोड ६ लाख १८ हजार ९३९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ८४५ जना निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म २ करोड ९७ लाख ४४ हजार ८३१ जना कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म साढे ३५ करोड भन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर