२१ आषाढ २०७८, सोमवार

बङ्गलादेशमा  लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।  कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा  जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो ।

सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।   बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर