२१ आषाढ २०७८, सोमवार

भारतमा पछिल्लो २४ घन्टामा थप ४० हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमण हुनेको संख्या ३ करोड पाँच लाखभन्दा धेरै पुगेको छ ।

यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाखभन्दा धेरै रहेको छ ।

पाँच लाख सक्रिय संक्रमित रहेका छन् । हालसम्म भारतमा २ करोड ९६ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मृत्यु हुनेको संख्या ६ लाख ५ हजार ५२५ रहेको छ ।

यसै गरी ब्राजिलमा ४ लाख २ हजार ५ जनाले ज्यान गुमाएका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा
रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर