२० आषाढ २०७८, आइतवार

एजेन्सी । साइप्रसले भीषण रुपमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेको छ ।

https://amzn.to/4myfPN5

साइप्रसमा अहिलेसम्मकै खराब र भीषण डढेलो लागेको त्यहाँका आधिकारीहरुले बताएका छन् । तीव्र गतिमा चलेको हावाका कारण डढेलो फैलिँदै गएको छ । दक्षिणी लिमासोल जिल्लामा डढेलो लागेको हो ।

जसका कारण विभिन्न गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । दर्जनौँ घरहरु डढेलोका कारण ध्वस्त भएका छन्, तर अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

साइप्रसमा विगत एक हप्तादेखि अत्याधिक गर्मी भएको छ । तापक्रमण ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर