
२३ बैशाख २०७८
पछिल्लो २४ घन्टामा विश्वभर ८ लाख ३४ हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने १४ हजार बढी संक्रमितको मृत्यु भएको छ।
सबैभन्दा धेरै भारतमा ४ लाख १२ हजार संक्रमित थपिएका छन् भने करिब ४ हजार संक्रमितको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा ७५ हजार संक्रमित थपिएका छन् भने करिब २८ सय संक्रमितको मृत्यु भएको छ।
अमेरिकामा भने ४६ हजार संक्रमित थपिएका छन् भने ७४३ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा २६ हजार संक्रमितको मृत्यु भएको छ भने २४४ जना संक्रमितको मृत्यु भएको छ। टर्कीमा भने २६ हजार संक्रमित थपिएका छन् भने ३५६ जना संक्रमितको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनले यो आँकडा झनै बढ्नसक्ने बताएको छ।